काठमाण्डाै, पुस २४
बाक्लो कुहिरो तथा शीतलहरका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
भएको छ ।
शीतलहरका कारण बाटो चिप्लो र हुस्सुले गए राति १ बजेदेखि
पुर्व–पश्चिम राजमार्गको पश्चिम नवलपरासीको बर्दघाट–४ खुर्सानी खोला सडक खण्ड
अवरुद्ध भएको हो ।
हुस्सु र शीतलहरका कारण बाटो चिप्लो हुँदा यातायात सञ्चालन गर्न
कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी एवं प्रहरी
नायब उपरीक्षक डीएसपी रेशम बोहराले बताए ।
बुधबार बिहान ३ बजेदेखि एकतर्फी बाटो खुलाए पनि झिम झिम शीतलहरीको
पानीले बाटो चिप्लो भएको कारणले मालबाहक सवारी सञ्चालनमा अझै कठिनाइ रहेको उनले
जानकारी दिए ।
२३ पुस २०८१, बुधबार ०८:१४ मा प्रकाशित