काठमाडाैं माघ २८
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै छ।
बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा बैठक बस्ने माओवादी केन्द्रले जनाएकाे छ । बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा र छलफल हुने उनले बताइएकाे छ ।
त्यस्तै समसामयिक राजनीति र फागुन १ देखि सुरू हुने विधान सम्मेलनबारे बैठकमा छलफल हुने छ ।
२७ माघ २०८०, आईतबार ०७:५६ मा प्रकाशित