काठमाडौँ,फागुन १३
प्रतिनिधि सभाको आजको बैठकले ‘आमसञ्चार परिषद् विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसहमतिले
स्वीकृत गरेको छ ।
“विधेयकमा प्रेस काउन्सिलले गरिरहेको
काम अझ प्रभावकारी बनाउन यो परिषद्को भूमिका रहनेछ, अधिकारका
विषय समितिमा थप छलफल गरिनेछ, आचारसंहिता र कारबाहीका कुरा
माथि पनि छलफल चल्नेछ”, उनले भने, “परिषद्लाई स्वतन्त्र मर्यादित संस्थाका रूपमा परिकल्पना
गरिएको छ, सदनमा उठेका विषयमाथि थप संशोधन गरिनेछ, समितिहरूबाट आउने विषयहरू पनि समेटिनेछ ।”
यसअघि मिडिया काउन्सिल विधेयकका रूपमा दर्ता गरिएकामा
त्यसलाई नेपालीकरण गरी ‘आमसञ्चार परिषद् विधेयक’ का रूपमा ल्याइएको थियो । सभामुख देवराज घिमिरेले उक्त विधेयकमा
संशोधन पेस गर्न प्रतिनिधिसभा नियमावली २०७९ को नियम ११२ बमोजिम संशोधन पेस गर्न
चाहने सांसदले विधेयक शाखा सिंहदरबारमा दिनसक्ने जानकारी गराए ।
प्रतिनिधि
सभाको अर्को बैठक यही फागुन २१ गते दिनको १ बजे बस्नेछ ।