पाेखरा , फागुन १९
कास्कीकाे पोखरा र मुस्ताङको जोमसोम हवाई सेवा तीन महिनापछि सञ्चालनमा आएको छ । समिट एअरलाइन्सले हिजोदेखि उडान भर्न थालेको छ ।
पोखरादेखि मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गएको मङ्सिर दोस्रो हप्तापछि बन्द भएको थियो ।
तारा एअरलाइन्सले केही दिनमै पोखरा–जोमसोम उडानको तयारी गरेको जोमसोम विमानस्थलका प्रमुख हिरोण शाहले बताउनुभयो । मौसममा सुधार हुन थालेको र पर्यटकीय याम शुर भएकाले पोखरा–जोमसोम हवाई सेवा सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
यो हवाई उडानबाट स्थानीयवासीका साथै मुस्ताङ जाने–आउने पर्यटकलाई सहज हुन्छ । अहिले म्याग्दीको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्तरोन्नतिको काम भइरहेको छ ।
१८ फाल्गुण २०८०, शनिवार १२:१८ मा प्रकाशित