रूसले गर्यो आकस्मिक युद्धविरामको घोषणा

Jhalkonepal

काठमाण्डौ, वैशाख १५

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आकस्मिक युद्धविरामको घोषणा गरेका छन् । रुसी राष्ट्रपति पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसको अवसर पारेर मे ८ देखि १० सम्म तीन दिनका लागि आकस्मिक युद्धविरामको घोषणा गरेको क्रेमलिनले जनाएको हो ।

किएभले पनि यस्तै आदेश जारी गर्ने अपेक्षा गरेको मस्कोले जनाएको छ । साथै, युद्धमा रोक लगाउने कुनै पनि उल्लङ्घनको जवाफ दिन रूस तयार रहेको पनि रूसी प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ । ‘रुसी पक्षले विजय दिवसको ८० औँ वार्षिकोत्सवको अवसरमा मे ७ को मध्यरातदेखि मे १० को मध्यरातसम्म युद्धविरामको घोषणा गर्दैछ। यस अवधिमा सबै लडाकू अभियानहरू स्थगित गरिनेछ,’ क्रेमलिनले एक विज्ञप्तिमा राष्ट्रपति पुटिनलाई उद्धृत गरी उल्लेख गरेको छ । 

प्रतिक्रिया