सुनको मूल्य घट्ने क्रम जारी, आज कति घट्याे

Jhalkonepal

काठमाण्डाै, जेठ १५

आज पनि सुनको मूल्य घटेको छ। गएको सोमबार, मंगलबार र बुधबार घटेको सुनको मूल्य आज (बिहीबार)पनि घटेको हो।प्रतितोला एक हजार पाँचसय रुपैयाँ घटेर सुन आज एक लाख ८७ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

गएको सोमबारदेखि हिजो सम्म सुनको मूल्यमा दुई हजार पाँचसय रुपैयाँ गिरावट आएको थियो।  

हिजो सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार तीनसय रुपैयाँ थियो।

गएको आइतबार प्रतितोला एक हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य त्यसयता लगातार घटिरहेको छ। 

प्रतिक्रिया