काभा महिला नेसन्स लिग भलिबलमा श्रीलङ्कालाई पराजित गर्दै इरान तेस्रो

Jhalkonepal

काठमाण्डौ,  साउन २३

 सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा इरानले श्रीलङ्कालाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आज भएको खेलमा इरानले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको हो ।

इरानले श्रीलङ्कामाथि २५–२२, २८–२६, र २५–१७ ले पाखा लगाउँदै जित हासिल गरेको हो । उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले चिरपरिजित प्रतिद्धन्दी भारतको सामान गर्दैछ । उक्त खेल आज साझ पाँच बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया