सिन्धुली, साउन ४
सिन्धुलीको
गोलन्जोर गाउँपालिका ३ बन्दीजोर खोला नजिक शुक्रबार भएको अटो दुर्घटनामा परि १ जना
को मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
गोलन्जोर ३ ग्वाल्टारबाट सदरमुकाम सिन्धुलीमाडीतर्फ
जाँदै गरेको प्रदेश–२–००१ ह–१३७१ नं को अटो दुर्घटनामा कमलामाइ नगरपालिका १३ की ३५
वर्षीया मन्दिरा पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अटो
अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेको थियो । घाइते ७ जनाको सुनकोसी
सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ ।
चालक
गोलन्जोर २ का भिमबहादुर ठकुरी सकुशल छन् ।
३ साउन २०८१, शुक्रबार ०९:२३ मा प्रकाशित