काठमाडौं, कात्तिक २१
राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित जिल्ला जादै हुनुहुन्छ ।
राष्ट्रपति पौडेल बिहान जाजरकोट र रूकुम पश्चिम जाने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभएकाे छ । गत शुक्रबार राति पौने १२ बजेतिर जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएकाे थियो। जसले गर्दा जाजरकोट र रूकुम पश्चिममा ठूलो मानवीय क्षति भयो। प्रहरी तथ्यांकअनुसार जाजरकोटमा (१०१), रूकुम (५२) गरी १५३ जनाको मृत्यु भएको छ।
राष्ट्रपति पौडेल भूकम्पपछिको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टरमा जाजरकोट र रूकुम पश्चिम जान लाग्गेनुभएकाे हाे ।
२० कार्तिक २०८०, मङ्गलबार ०७:४५ मा प्रकाशित