गुल्मी, भदौ १७
गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–२ दर्लिङ्गका ६० वर्षीय हीराबहादुर घर्ती रोकाहाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिनुभयो ।
हिजो शनिवार बेलुकी साढे ७ बजे चट्याङ लागेर घाइते भएका घर्तीलाई नजिकैको स्वास्थ्य केन्द्रमा लगिएको थियो ।उहालाइ त्यहाँ उपचार हुन नसकेपछि गुल्मी अस्पतालमा पुर्याइएको थियो । घर्तीको गुल्मी अस्पतालमा गए राति उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिनुभएको हो ।
१६ भदौ २०८०, आईतबार ०१:१४ मा प्रकाशित