काठमाडौं, पुस २३
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को
केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । आइतबारदेखि सुरु भएको बैठक आज मंगलबार पनि
बस्ने एमालेले जनाएको छ ।
सोमबार केही सदस्यले धारणा राख्न बाँकी
भएकोले आज पनि बैठक बस्न लागेको हो । ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा
प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा व्यक्त
गर्ने क्रम जारी छ ।
आइतबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव
शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आज बैठक बिहान ११ बजे
पुनः सुरु हुनेछ ।
२२ पुस २०८१, मङ्गलबार ०८:०२ मा प्रकाशित