पेट्रोल र डिजेलको मूल्य घट्यो

Jhalkonepal

काठमाडौँ, साउन १७

नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । 

बुधबार रातिबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको हो।

यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको निगमले जानकारी दिएको छ। 

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले सूचना जारी गरी जनाएको छ। 

मूल्य घटेसँगै अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १७० रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर १५८ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया