काठमाडौं, कात्तिक १८
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ जानुभएकाे छ । आज बिहान उहा नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोटतर्फ लागेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभएकाे छ । हेलिकप्टरमा औषधीसहित र डाक्टरहरू पनि प्रधानमन्त्री प्रचण्डसँगै भूकम्पप्रभावित क्षेत्रमा लाग्नुभएकाे हाे ।
प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजीमा जुट्न सबैलाई अपिल गनुर्रेभएकाे छ । मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो।
१७ कार्तिक २०८०, शनिवार ०७:३५ मा प्रकाशित