काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। आज छापावाल मूल्य प्रतितोला ७ हजार ४ सयले बढेर २ लाख ३० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस अघि असोज १२ गते सुन मूल्य प्रतितोला २ लाख २३ हजार २ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि नयाँ कीर्तिमासुन १२० रुपैयाँले बढी हो । गत आइतबार चाँदी तोलाको २ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।
१८ असोज २०८२, आईतबार ११:२० मा प्रकाशित