काठमाडौं
,२० चैत
नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडाले निर्धारित २०
ओभरमा सवै विकेट गुमाएर १२९ रन मात्र जोड्दा भारतमा जारी एसएमएस फ्रेन्डसिप कपमा बरोडालाई २७
रनले हराउँदै नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
बरोडाका
भानु पानियाले २६ बलमा ३ छक्कासहित सर्वाधिक ३६ रन बनाए । कप्तान विष्णु सोलांकीले
३२ बलमा २ चौकासहित २५ रन बनाए । बाबा खानले १८ बलमा २ चौका र २ छक्कासहित २७ रन
बनाए ।
नेपाललाई
बलर करण केसीले पहिलो ओभरमै किन्ती पटेल र
शस्वात रावतलाई शून्यमा आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । सोमपाल कामीले
मोहित मोंगियालाई ३ रनमा बोल्ड गरेका थियो । त्यसपछि अमित पासी १४ रनमा रन आउट भए
। दीपेन्द्रले उत्कृष्ट रन आउट गरेका थिए ।
नेपालका करण केसीले ४ ओभरमा २४ रन
खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १ मेडनसहित २० रन खर्चेर २ विकेट लिए
। अभिनाश बोहराले २, गुलशन झा
र दीपेन्द्रसिंह ऐरी १/१ विकेट
लिए ।
त्यसअघि
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन
बनाएको थियो । नेपालको जितमा कुशल मल्लले २५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक
४० रन बनाए ।
सन्दीप
जोरा १६ बलमा समान २ चौका र छक्कासहित २९ रनमा रन आउट भए । नेपाललाई छैटौं विकेटका
लागि सन्दीप र कुशलले ४७ रनको साझेदारी गर्दै मध्यम योगफलमा पुर्याएका थिए ।
ओपनर
आसिफ शेख र कुशल भुर्तेल ९–९ रनमा आउट भएका थिए । अनिल कुमार शाह २७ बलमा २ चौका र
१ छक्कासहित २५ रनमा क्याच आउट भए । कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ र
गुलशन झा १३ रनमा आउट भए ।
बरोडाका बाबा
खानले २, मोहित
मोंगिया र पारीक्षित पाटीदारले १–१ विकेट लिए । नेपालले पहिलो खेलमा गुजरातलाई ८
विकेटले हराएको थियो । गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो । अव नेपालले
बुधबार गुजरात र शुक्रबार बरोडासँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ ।