इजरायलमा मारिएका ४ जनाको शव आज ल्याइँदै

Jhalkonepal

काठमाडौं, कात्तिक ४

 इजरायलमा हमास समूहको आक्रमणमा परी मारिएका नेपाली विद्यार्थीमध्ये चार जनाको शव आज नेपाल ल्याइँदै छ।

इजरायलमा हमास समूहको आक्रमण परी दस जना नेपालीको निधन भएको थियो तीमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विष्ट र आशिष चौधरीको शव ल्याइन लागिएको हो।

कानुनी प्रक्रिया पूरा भएका चार विद्यार्थीको शव स्थानीय समयअनुसार शनिबार दिउँसो फ्लाइ दुबईको उडानबाट नेपाल ल्याइन लागिएको नेपाली राजदूतावासले बताएको छ।

दूतावासका अनुसार इजरायलबाट फ्लाइ दुबईको उडान नम्बर एफजेड– १२१० मार्फत दुबईसम्म र त्यसपछि फ्लाइ दुबईकै उडान नम्बर एफजेड– ८३५१ मार्फत काठमाडौंसम्म ल्याउने  व्यवस्था मिलाइएको छ। शव कात्तिक ५ गते आइतबार बिहान काठमाडौं आइपुग्नेछ। 


प्रतिक्रिया