नयाँ दिल्ली , चैत्र ३
भारतको निर्वाचन आयोगले आज (शनिबार)
लोकसभा निर्वाचन-२०२४ को मिति घोषणा गर्दै छ । आयोगले केही राज्यको विधानसभा
निर्वाचनको मिति पनि घोषणा गर्न लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
शनिबार दिउँसो ३ बजे पत्रकार सम्मेलन
गरी निर्वाचन मिति घोषणा गर्ने तयारी रहेको समाचारमा उल्लेख छ ।
सन् २०१९ को लोकसभा निर्वाचन अप्रिल
११ देखि मे १९ सम्म सात चरणमा भएको थियो । आयोगले सुरक्षा स्थितिबारे समीक्षा गरेर
जम्मु र कास्मिरमा लोकसभा र विधानसभाको निर्वाचन एकसाथ वा बेग्लाबेग्लै गर्ने
निर्णय गर्ने प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले बताए ।
भारतको निर्वाचन आयोगले एकैपटक
विधानसभा र लोकसभाको चुनाव गराउने विचार गरेसँगै जम्मु र कास्मिरको निर्वाचनको लामो प्रतीक्षा अन्त्य
भएको देखिन्छ । राजनीतिक दलहरूले आम निर्वाचनका लागि
आफ्ना उम्मेदवारहरू घोषणा सुरु गरिसकेका छन् । भारतीय जनता पार्टी (बीजेपी) ले
अहिलेसम्म उम्मेदवारको दुई वटा सूची सार्वजनिक गरेको छ भने कांग्रेसले पनि आफ्ना
उम्मेदवारको दुईवटा सूची सार्वजनिक गरिसकेको छ ।