राष्ट्रिय सभा बैठक आज बस्दै

Jhalkonepal

काठमाडौं, भदौ २८

राष्ट्रिय सभा बैठक आज बस्दैछ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज दिउँसो साढे २ बजे बैठक बस्ने तय भएको छ।

आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

सोमबार निधन भएका नेम्वाङको आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदै छ।

नेम्वाङको निधनमा आज देशभर शोक बिदा दिइएको छ।

प्रतिक्रिया