काठमाडौँ, असार १७
नक्कली सुनको मूर्ति देखाएर ३० लाख
रुपैयाँ ठगी गरेको आरोपमा काठमाण्डौबाट पाँच जना पक्राउ परेका छन् ।
जिल्ला
प्रहरी परिसर काठमाण्डाैकाे टोलीले भारतको उडिसाका कलाकार दास र चार जना नेपालीलाई पक्राउ
गरेको हो ।
पक्राउ परेका नेपालीमा म्याग्दी घर भई ललितपुर बस्ने
क्षेत्रबहादुर शाही, धादिङ घर
भई काठमाण्डौ बस्ने दीपक थापा, दाङ घर भई काठमाण्डौ बस्ने वसन्त चौधरी र काठमाण्डौका रविन महर्जन
रहेका छन् ।
भारतीय
नागरिक दासले आफूसँग सुनको मूर्ति छ भन्दै प्रलोभन देखाएर ३० लाख रुपैयाँमा बिक्री
गरेका तर नक्कली भएको पाएपछि पीडितले प्रहरीलाई सम्पर्क गरेका जिल्ला प्रहरी परिसर
काठमाण्डौले जनाएको छ । प्रहरीले मूर्ति र १४ लाख रुपैयाँ नगद पनि बरामद गरेको छ ।
१७ असार २०८१, सोमबार ०६:२६ मा प्रकाशित