सुनसरीकाे भुटाहामा दुई समुह बिच झडपः स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रूग्यास प्रहार संगै निशेधाज्ञा जारी

Jhalkonepal

सुनसरी,चैत २३

सुनसरीको हरिनगर गाँउपालिका र देवानगञ्ज गाँउपालिका वडानम्बर १ र ७ मा  प्रशासनले निशेधाज्ञा जारी गरेको छ । 

मध्यान्न १२ बजेबाट अर्को सुचना जारी नभएसम्मका लागि निषेधाज्ञ जारी भएको सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले बताउनु भयाे ।   

हिजो एसइइी परीक्षाको क्रममा हरिनगर गाँउपालिका वडा नम्बर १ मा रहेको बालकृष्ण मावीमा स्थानिय जीवन मेहतामाथि कुटपिट भएको थियो । कुटपिट पछि दुवै समुहका बिचमा झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कुटपिट पछि दुई समुदायका बिचमा हानाहान भएकाे र दुवै समुहका स्थानीयहरु झडपमा उत्रिएपछि हरिनगर गाँउपालिकामा बिहानैबाट तनाव उत्पन्न भएकाे थियाे । स्थानिय युवाहरू आक्राेसित भएर भीड अनियन्त्रित हुने खतरा बढेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाइ फायर र ११ राउण्ड अश्रूग्यास पनि प्रहार गरेको छ । अझै खतरा हुन नदिन निषेधाज्ञ जारी गरीएकाे जिल्ला प्रशासन कार्यालय सुनसरीका का.मु जिल्ला अधिकारी  फुयलले बताउनुभयाे अहिले अवस्था सामान्य छ । 

 

प्रतिक्रिया