आजदेखि मोबाइल एमडिएमएस लागू हुँदै, दर्ता नभएका फोनहरू ब्लक हुने

Jhalkonepal

आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुँदैछ।

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि  एमडिएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन लागेकाे हाे । याे प्रणाली लागु भएपछि प्रणालीमा दर्ता नभएका फोनहरू क्रमश ब्लक हुने प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले जानकारी दिनुभएकाे छ । उहाका अनुसार एमडिएमएस लागू भएसँगै अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइलमा कुनै पनि सिमकार्ड नचल्ने हुनेछन। फोनहरू ब्लक हुनेछन्।

प्राधिकरणले गत कात्तिक ४ गते मात्रै एक सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरू दर्ता गर्न भनेको थियो। सूचना जारी गरेको मितिबाट १५ दिनभित्र प्रणालीमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरूमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने समेत जनाएको थियो।

सोही अनुसार प्राधिकरणले आजदेखि एमडिएमएस लागू गर्न लागेको हो।


प्रतिक्रिया