बझाङ पहिराे: ज्यान गुमाएकालाई प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने

Jhalkonepal

धनगढी, भदौ 

सुदूरपश्चिम प्रदेश सरकारले बझाङमा आइतबार राति पहिरोमा परी ज्यान गुमाएका मृतक परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने जनाएको छ 

मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार एक विज्ञप्ति जारी गर्दै राहत रकम उपलब्ध गराउने जानकारी गराएका हुन् 

बझाङको बुंगल नगरपालिका–१० टुमेडा गाउँका वीरबहादुर धामीको घर पहिरोले बगाउँदा उनकी श्रीमती काली धामी, जेठी बुहारी २५ वर्षीया गोल्की धामी, नातिनी ६ वर्षीया आकृति धामी, अर्की नातिनी ३ वर्षीया लक्ष्मी धामीको मृत्यु भएको थियो 

९ जना रहेको धामी परिवारका अन्य ५ जना भने बाँच्न सफल भएका थिए 

प्रतिक्रिया