आजदेखि नयाँ नोटन साट्न पाइने

Jhalkonepal

काठमाडौं, असोज २९ 

 आजदेखि नयाँ नोटन साट्न पाइने भएको छ ।दशैं तिहारलगायत चाडबाडलाई लक्षित  सटही सुविधा दिन सुरु गरेको  राष्ट्र बैंकले जनाएको छ । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने जनाइएको छ । 

काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ ।  काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया