काठमाडौँ, माघ १५
उच्च अदालत पोखराले राष्ट्रिय
स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जिल्ला अदालत कास्कीबाट भएको
आदेशको कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ ।
मंगलबार न्यायाधीश मीलनकुमार राईको
इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको हो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा
मुछिएका रविले ६५ लाख धरौटी माग्ने जिल्लाको आदेशविरुद्ध पुनरावलोकनको माग गर्दै
उच्चमा सोमबार निवेदन दर्ता गराएका थिए ।
कास्की जिल्ला अदालतका न्यायाधीश
नीतिज राईको इजलासले गत पुस २५ गते ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
सामान्य तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै रवि उच्चमा निवेदन लिएर
पुगेका थिए ।
१४ माघ २०८१, मङ्गलबार ०६:०० मा प्रकाशित