अहमदाबादमा दुर्घटना भएको एयर इन्डियाको जहाजको ब्ल्याक बक्स भेटियो

Jhalkonepal

काठमाडौ , जेठ ३१

भारतको गुजरात राज्यको अहमदाबादमा दुर्घटना भएको एयर इन्डियाको जहाजको ब्ल्याक बक्स भेटिएको छ।

अहमदाबादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहिबार दिउँसो १:३८ बजे उडान भरेको जहाज मेघनीनगरको आवासीय क्षेत्रमा दुर्घटना भएको थियो।

दुर्घटनास्थलबाट २८ घन्टापछि शुक्रबार अपराह्न जहाजको ब्ल्याक बक्स भेटिएको विमान दुर्घटना अनुसन्धान ब्युरोले जनाएको छ।

ब्युरोका अधिकारी राममोहन नायडू किन्जारापुले समाचार संस्था एशोशियटेड प्रेसलाई बताएअनुसार दुर्घटनाग्रस्त जहाजको दुईवटा ब्ल्याक बक्स भेटिएको हो।

प्रतिक्रिया