काठमाडौं, भदौ १३
लगातारको वर्षापछि आएको बाढीका कारण भारतको गुजरातमा २८ जनाको ज्यान गएको
छ । हजारौं मानिस प्रभावित
भएका छन् । ४० हजार मानिसलाई उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको भारतीय
सञ्चारमाध्यमले जनाएका छन् ।
वर्षा र बाढीबाट सबैभन्दा धेरै
प्रभावित बडोदरा शहरबाट सबै मानिस विस्थापित भएका छन् । गुजरात सरकारका
प्रवक्तासमेत रहेका स्वास्थ्यमन्त्री ऋषिकेश पटेलका अनुसार शहरका धेरै क्षेत्रमा
१० देखि १२ फिटसम्म पानी भरिएको छ ।
गुजरातमा पछिल्लो चार दिनदेखि
वर्षा भइरहेको छ भने दुई दिनयता अति ठूलो पानी परिरहेको छ । बडोदरासहित गुजरातको
सौराष्ट्र, जामनगर, पोरबन्दर, मोरबी, जूनागढ र राजकोट जिल्ला अति ठूलो
वर्षाले अस्तव्यवस्त बनेका छन् । वर्षाका कारण नदीहरूमा जलसतह पनि बढेको छ ।
१२ भदौ २०८१, बिहिबार ०२:३५ मा प्रकाशित