काठमाडौं, कात्तिक १३
आइसिसी टी-२० विश्वकप २०२४ का लागि एसिया छनोट खेल आजदेखि काठमाडौंमा सुरू हुँदैछ।
एसिया क्षेत्र छनोटमा ८ देश सहभागी छन्।
८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल, सिंगापुर, ओमान र मलेसिया समूह ‘ए’ मा छन् भने युएई, बहराइन, हङकङ र कुवेत समूह ‘बी’मा छन्।
समूह ‘ए’बाट नेपाल र सिंगापुरले पहिलो खेल हुँदैछ। कीर्तिपुर मैदानमा बिहान ९ बजेदेखि खेल सुरू हुनेछ।
समूह ‘बी’ बाट युएई र बहराइन पनि बिहान ९ बजेदेखि मुलपानी क्रिकेट मैदानमा खेल्नेछन्।
१२ कार्तिक २०८०, सोमबार ०६:४२ मा प्रकाशित