काठमाडाैं, भदाै १६
पहिरोले डुम्रे–बेँसीशहर सडक अवरुद्ध भएको छ । अविरल वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका–१ उदिपुरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँले बताउनुभयो ।
उहाँका अनुसार सडकमा माटोसहितको ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको छ । पानी निरन्तर रूपमा परिरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ । सडक अवरुद्ध भएपछि सवारीसाधन अलपत्र परेका छन् । यो ठाउँमा विगत तीन वर्षअघिदेखि वर्षेनि पहिरो खस्न थालेको हो
१५ भदौ २०८१, आईतबार ११:१५ मा प्रकाशित