थप १९ जना नेपालीको भारतीय बिमानमा इजरायलबाट उद्दार : गौरीफन्टा नाका हुदै नेपाल ल्याइने

Jhalkonepal

काठमाण्डौ, असोज ३०

इजरायलबाट नेपाल फर्किन आवेदन दिएका थप १९ जना नेपालीलाइ े भारत सरकारसंगको समन्वयमा उद्दार गरि नेपाल ल्याइदै छ।  उनीहरुलाइ भारतीय विमानबाट नयाँ दिल्ली ल्याइन लागेको परराष्ट्रमन्त्ती एनपी साउदले जानकारी दिनु भयो । इजारायलको तेल अविवबाट उनीहरुलाइ स्पाइस जेटको विमान मार्फत नयाँ दिल्ली ल्याइने छ । नयाँ दिल्लीबाट नेपाली दुतावासले सवारी साधनको ब्यवस्था गरि गौरीफन्टाँ नाका हुदै नेपाल ल्याइने प्रवन्ध मिलाइएको मन्त्री साउदले बताउनु भयो ।


नयाँ दिल्लीस्थित दूताबासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याइने छ। कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई सम्बन्धित स्थानमा पु¥याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ।


उनीहरु मंगलबार बेलुकी बजेसम्म नयाँ दिल्ली पुग्ने बताइएको छ।


उद्धार गरिएका नेपाली नागरिकहरु :

नन्दसिंह भुल

सुजेन्द्र खड्का

प्रतिभा रौनियार

अनुमा डंगोल

हिना खाँण

आतिस गुरुङ

जुनु गुरुङ

मौसमी पाख्रिन

प्रतिमा तिम्सिना

राजकुमार मानन्धर

संगीता दुलाल

उर्मिला रावल

ममता थापा

दिलकुमारी अधिकारी कार्की

निश्चल श्रेष्ठ

समिता बस्नेत

अम्बिका सुवेदी

सिरता गुरुङ

उर्मिला श्रेष्ठ

प्रतिक्रिया