काठमाडौँ, पुस
२१
नेपाल कम्युनिष्ट
पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आजदेखि बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार
अपराह्न १ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत
गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने पार्टी उपाध्यक्ष एवं
प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
यसअघि बसेको स्थायी समिति बैठकले अध्यक्ष
दाहालबाट ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्पः आजको आवश्यकता’ शीर्षकको
राजनीतिक प्रतिवेदन पेस हुने टुङ्गो लगाएको थियो । बैठकको प्रारम्भमा अध्यक्ष
दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उनीबाट
प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ ।
२० पुस २०८१, आईतबार ०७:४५ मा प्रकाशित