काठमाण्डाै, फागुन १०
सरकारले आउँदो फागुन १३ गतेदेखि चैत ७ गतेसम्म
देशभरि दादुरा–रुबेलाको खोप लाउने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दादुराको
सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्षमुनिका सबै बालबालिकाका लागि
दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
खोप अभियानकै क्रममा नियमित खोप
लगाउन छुटेका बालबालिकालाई पनि लगाइने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.
अभियान गौतमले जानकारी दिनुभयो । दादुरा–रुबेला भएका बेला ज्वरो तथा शरीरमा राता
बिमिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने, समयमा उपचार नगरेर आँखा नदेख्ने
समस्याका साथै कान पाक्ने, कान नसुन्ने, निमोनिया भएर श्वासप्रश्वासमा
समस्या हुनेगर्छ ।
सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै खोप अभियान सञ्चालन
गर्न लागिएको सरकारले जनाएको छ । सरकारले अबको दुुई वर्ष अर्थात् सन् २०२६ सम्म
दादुरा–रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालेको हो ।