सम्झौता भएको ६ वर्षपछि एमसीसी परियोजना कार्यान्वयनको चरणमा प्रवेश

Jhalkonepal

काठमाडौं,  भदौ १३

बहुचर्चित मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी परियोजना आजदेखि कार्यान्वयनमा गएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले आज अर्थ मन्त्रालयमा प्रमुख सरोकारवालाहरूको उपस्थितिमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश इन्ट्री इन्टु फोर्स–ईआईएफ सम्बन्धी पत्र आदानप्रदान भएको छ । यससँगै पाँच वर्षको समय तोकिएको एमसीसीका परियोजना कार्यान्वयनमा गएको छ।

सम्झौता भएको ६ वर्षपछि परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । नेपाल र अमेरिकाबीच २०७४ भदौ २९ गते एमसीसी परियोजना अघि बढाउने सम्झौता भएको थियो।

प्रतिक्रिया