काठमाण्डौ, साउन
२३
मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ ।
बुधबार
दिउँसो नुवाकोटमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएर ५ जनाको मृत्यु भएको छ ।
दुर्घटनलगत्तै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो ।
प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्को हवाई दुर्घटना हुनु दुःखद्
भएको बताएका छन् । उक्त दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकस्मिक
बैठक बस्ने तयारी भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा
आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन् ।
२२ साउन २०८१, बुधबार ०४:५८ मा प्रकाशित