काठमाडौं, साउन ५
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।
जल तथा माैसम विज्ञान विभागका अनुसार हाल देशभर
आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली
प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ।
शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली
रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम
प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित
हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र
सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ
गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र
सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।