सुनको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

Jhalkonepal

काठमाडौँ : स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले वृद्धि भएको छ ।

आइतबार प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला रु दुई लाख ९४ हजार ८०० मा कारोबार हुने गरी निर्धारण भएको छ ।

यस्तै, चाँदी प्रतितोला २० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला पाँच हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला पाँच हजार ४० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया