काठमाडौं,
असोज १
प्रत्येक वर्ष झैँ आज आश्विन सङ्क्रान्तिका दिन
अर्थात आज असोज १ गते मंगलवार वास्तु दिवस एवं विश्वकर्मा पूजा धुमधामका साथ
मनाइँदैछ । आजकै दिन कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं
विश्वकर्मा पूजा पर्व मनाउने चलन रहँदै आएको छ ।
आज विभिन्न कल–कारखानाहरुमा
विश्वकर्माको मूर्ति अथवा तस्विरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने
गरिन्छ । कल–कारखानालाई विशेष रुपमा सजाएर विश्वकर्माको मूर्ति भोलि बुधवार
नजिकैको नदीमा लगेर सेलाइन्छ ।
आजको दिन कालीगढले उपयोगमा ल्याउने
विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने
लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
३१ भदौ २०८१, मङ्गलबार ०६:१९ मा प्रकाशित