यो बर्ष एसईई मा ५ लाख ८ हजार ३९० विद्यार्थी सहभागी हुँदै

Jhalkonepal

काठमाण्डौं, फागुन २९

यो वर्ष एसईई परिक्षामा ५लाख ८ हजार ३९० विद्यार्थी सहभागी हुने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । 

माध्यामिक शिक्षा परीक्षा ९एसईई० को लागि सम्पूर्ण तयारी पूरा भएको र आगामी ७ चैतमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने क्रममा रहेको बोर्डले जनाएको छ ।

‘हाम्रो तर्फबाट तयारी पूरा भएको छ । सिम्बोल नम्बर, प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको छ । जिल्ला जिल्लामा केन्द्राध्यक्षको अभिमुखीकरण भएको छ,’ परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने ।


पछिल्लो तथ्यांक अनुसार परीक्षामा समेल हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३ सय ९० कायम भएको छ । परीक्षाका लागि ५ लाख २२ हजारले फारम भरेका थिए ।

परीक्षा नियन्त्रक पौडेलका अनुसार २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ । सुरक्षाको व्यवस्था केन्द्रमा जिल्ला स्थित सुरक्षा निकायले मिलाउने छ ।

प्रतिक्रिया