आज बालाचतुर्दशी ,देशभरका शिवालयमा शतबीज छरियाे

Jhalkonepal

काठमाडौं, मंसिर २५ 

आज बालाचतुर्दशी देशभरका शिवालयमा शतबीज छरिएको छ। प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको हाे । 

आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले  झिसमिसेमै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइएकाे छ।

 देशका विभिन्न भागरहेका शिवालयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ। 

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन्। 


प्रतिक्रिया