काठमाडौं- लगातार दुई दिन उकालो लागेको सेयर बजार बुधबार भने ओरालो लाग्यो। दशैं अघि नाफा सुरक्षित गर्न खोजेका लगानीकर्ताको दबाबका कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २७.८९ अंकले घटेर २६५४.३५ बिन्दुमा झरेको हो।
मंगलबार नेप्से ५८.६३ अंकले बढेर २६८२.२५ बिन्दुमा पुगेको थियो। तर बुधबार बजारमा नकारात्मक सुधार देखियो। नेप्सेसँगै कारोबार रकम पनि घटेको देखिएको छ।
आजको कारोबारमा ३१७ कम्पनीका ९४ लाख ८ हजार ६६३ कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब १२ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन यो रकम ५ अर्ब २९ करोड नाघेको थियो।
७ असोज २०८२, बुधबार ०४:१० मा प्रकाशित