संघीय संसदका तीन समितिको बैठक बस्दै

Jhalkonepal

काठमाडौं, चैत २५

संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार समिति, अर्थ समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो  ।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानवअधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमनबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बोलाइएको छ । बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने तयारी छ ।

यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।

प्रतिक्रिया