काठमाण्डौं, भदौ १८
आज चार वटा प्रदेशमा भारी वर्षा हुने मौसम पूर्वानुमान् महाशाखाको पूर्वानुमान् छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ
महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर छ भने नेपालमा बंगालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव देखिएको छ यसको प्रभावले मुलुकका विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षा हुने महाशाखाले जनाएको हो । आज बिहान पनि गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन्र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
१७ भदौ २०८०, सोमबार ०९:३० मा प्रकाशित