ललितपुरमा एक टहरोमा आगलागी, एकै परिवारका ५ जना घाइते

Jhalkonepal

काठमाडाैं, वैशाख २३

ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् ।

ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आइतबार आगलागी हुँदा पाँच जना घाइते भएका हुन् ।घाइते हुनेमा सन्जय गिरी उहाकी श्रीमती रुपा गिरीसँगै १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन् । उनीहरुकाे किस्ट अस्पताल उपचार भइरहेकाे प्रहरीले बताएको छ । 

प्रतिक्रिया