काठमाण्डाै, कार्तिक १६
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले गएराति
१२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो । यस अनुसार
काठमाण्डौ, पोखरा र दिपायलमा डिजेल र मट्टितेल
प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङमा एक सय ४९ रुपैयाँ र बाँकी क्षेत्रमा एक सय ४७
रुपैयाँ ५० पैसा कायम भएको छ । निगमले पेट्रोलको मूल्यमा कुनै परिवर्तन गरेको छैन
। आयल निगमले हरेक १५ तारिख र महिनाको अन्तिम दिन मूल्य समायोजन गर्दै आएको छ ।
१५ कार्तिक २०८१, शुक्रबार ०७:०९ मा प्रकाशित