काठमाडौ , बैशाख २०
दक्षिण अमेरिका र अन्टार्कटिकाको ड्रेक मार्गमा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ।
शुक्रबार गएको भूकम्पपछि चिलीका अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा सुनामीको चेतावनी जारी गरेका छन्।
अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) का अनुसार भूकम्प अर्जेन्टिनाको टिएरा डेल फुएगो प्रान्तको उसुइया शहरबाट २१९ किलोमिटर र चिलीको प्यूर्टो विलियम्स शहरबाट २१९ किलोमिटर को दूरीमा १० किलोमिटर गहिराइमा गएको थियो।
१९ बैशाख २०८२, शनिवार ०९:०५ मा प्रकाशित