धनगढी, बैशाख १०
कैलालीको धनगढीमा यो वर्षकै उच्च तापक्रम मापन भएको छ । हिजो मंगलबार धनगढीको तापक्रम ४०.८ डिग्री सेल्सियस मापन भएको जल तथा मौषम विभाग अत्तरियाले जनाएको छ।
कार्यालयका जलवायु विज्ञ सञ्जय साहले गर्मी बढ्दै जाँदा धनगढीको अधिकतम् तापक्रम आज यो वर्षकै सबैभन्दा बढी ४० दशमलब आठ डिग्री सेल्सियस मापन भएको जानकारी दिए । सोमबार धनगढीको अधिकतम् तापक्रम ३९ डिग्री सेल्सियस मापन भएको थियो । उनले भने, “प्रि मनसुनले तातो हावासहितको हुरी चल्ने, असिनापानी पर्ने आफ्नो लक्षण देखाउँदा गर्मी पनि बढेको हो, अझैँ तापक्रम बढ्नसक्ने हुनसक्छ ।”
अहिले ‘प्रि मनसुन’ को समय चलिरहेकोले बढी गर्मीको महसुस भएको कैलाली अत्तरियास्थित जलवायु विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ ।
९ बैशाख २०८२, बुधबार १०:२२ मा प्रकाशित