इजरायलमा हमास आक्रमणमा परी कम्तीमा १० जना नेपालीको मृत्यु भएको दुतावासकाे पुष्टि

Jhalkonepal

 काठमाडौं,  असोज २२ 

प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जना नेपालीको मृत्यु भएको दुताबासले पुष्टि गरेकाे  छ । ४ जना घाइते भएका छन् ।

 शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको छ । सयौं मानिस घाइते भएका छन् ।

आक्रमणमा नेपालीहरु पनि परेका छन  । उनीहरुमध्ये १० जनाको मृत्यु भएको पुष्टि इजरायलस्थित नेपाली दुतावासले बताएको छ ज्यान गुमाउनेको पूर्ण विवरण भने सार्वजनिक भइसकेको छैन । 



प्रतिक्रिया