डेंगी संक्रमणका कारण चितवनमा एकजनाको मृत्यु

Jhalkonepal

चितवन, भदाै १७

डेंगी संक्रमणका कारण चितवनमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष छन् ।
 
चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिए । उनका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए ।
   
जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७२७ जनामा डेंगीको संक्रमण देखिएको छ । तीन हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ५३२ जना चितवनका र अन्य जिल्लाका छन् । 

प्रतिक्रिया