काठमाडौं- इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता लागू भएसँगै बन्धकहरूको रिहाइ प्रक्रिया सुरु गरिएको छ। हमासले आफूसँग रहेका २० जीवित बन्धकको नाम सार्वजनिक गरेपनि नेपाली नागरिक विपिन जोशीको नाम भने सूचीमा छैन।
जोशीको अवस्था अझै अज्ञात छ। उनी गत अक्टोबरमा हमासको आक्रमणका क्रममा बेपत्ता भएका थिए। उनकै साथमा रहेको भनिएका इजरायली सैनिक तामिर निमरोदीको अवस्थाबारे पनि हालसम्म कुनै पुष्टि भएको छैन।
हमासले हालसम्म बन्धक बनाएका २६ जनाको मृत्यु भएको पुष्टि गरेको छ। अन्तर्राष्ट्रिय दबाबपछि युद्धविरामको दौरानमा बाँकी बन्धकको रिहाइ हुने आशा गरिएको छ।
यसैबीच, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक सार्वजनिक कार्यक्रममा ूमंगलबारसम्म सबै बन्धक रिहा हुनेू दाबी गरेका छन्। तर हमास वा इजरायली पक्षबाट उनको दाबीको औपचारिक पुष्टि भने गरेको छैन।
२३ असोज २०८२, शुक्रबार १०:१२ मा प्रकाशित