प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै

Jhalkonepal

काठमाण्डाैंं , जेठ २७


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदैहुनुहुन्छ । 

प्रधानमन्त्री प्रचण्ड भारतका समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उनको शपथ ग्रहण समारोहमा भाग लिन त्यता जान लागेका हुन् ।

तेस्रोपटक भारतको प्रधानमन्त्री बनेका मोदीले आइतबार शपथ लिँदैछन् ।

प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो एक बजे भारत प्रस्थान गर्ने उनका प्रेस सल्लाहकार मनहरि तिमिल्सिनाले जानकारी दिए ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री भारतीय समकक्षी मोदीको शपथ ग्रहण समारोहमा जाने निर्णय गरेको थियो ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षीबीच आइतबार नै भेटवार्ताको कार्यक्रम तय भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डका साथ उनकी पुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी रहनेछन् । प्रधानमन्त्री सोमबार फर्कने कार्यक्रम छ।

मोदीको शपथ ग्रहणमा प्रधानमन्त्री प्रचण्डसँगै श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ लगायतलाई पनि निमन्त्रणा गरिएको छ ।

प्रतिक्रिया