सप्तरीमा आगलागी,तीन घर जलेर नष्ट

Jhalkonepal

सप्तरी, फागुन २६

सप्तरीमा आइतबार राति तीन घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ।

तिलाठी कोइलाठी गाउँपालिका-३ का नयनी यादव, कोकर्ण मुखिया र लखन मुखियाको घरमा राति ९ बजे आगलागी भएको हो।

नयनी यादवको घरनजिकै बालेको परालको घुरबाट तीन घरमा आगो फैलिएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिकाको दमकलले एक घन्टापछि आगो नियन्त्रणमा लिएको थियो।

अग्निपीडितलाई जिल्ला दैवी प्रकोप व्यवस्थापनबाट तत्कालका लागि राहतस्वरूप खाद्यान्न, लत्ताकपडा वितरण गरिएको छ।

प्रतिक्रिया